सुबोधिनी आधारभूत विद्यालयमा बाल क्लब गठन

झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा निशा भुजेलको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ । आज विद्यालयमा आयोजित एक कार्यक्रमका बिच गठित क्लबको उपाध्यक्ष सुवास राई, सचिव अभिषेक कटुवाल, सहसचिव प्रिति खड्का र कोषाध्यक्षमा राजन वि.क. चयन भएका छन् ।

क्लबका सदस्यहरुमा कविर मगर शान्ति मुर्मु, सुरज राजवंशी, निशान्त थापा, श्रेया काफ्ले, रिङ्कु खड्का रहेका छन् । त्यसैगरी क्लबका संरक्षक शिक्षक पदम प्रसाद मिश्र र सह संरक्षक शिक्षकमा प्रमिला ढुंगाना चयन भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले बाल क्लबका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

 

प्रतिकृया दिनुहोस