नयाँ दल दर्ताका गर्न नेम्वाङ र गुरुङलाई जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टीको दल दर्ताका लागि भर्खरै गठित पार्टीका लागि सुवास गुरुङ र देव गुरुङलाई केन्द्रीय समिति बैठकले जिम्मा दिएको छ।

नवगठित पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि उनीहरुसँगै निर्वाचन आयोग जानेछन्। बालुवाटारमा दुवै दलको पहिलो संयुक्त बैठकले नेम्वाङ र गुरुङलाई दल दर्ताको जिम्मेवारी दिएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रीय समितिको पहिलो संयुक्त बैठकले एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस