एमाले र माओवादी बिघटन भएको घोषणा सबै केन्द्रीय सदस्यहरुद्धारा सपथ ग्रहण

दुवै पार्टीको संयुक्त बैठकमा केपी शर्मा ओलीले एमाले र माओवादी बिघटन भएको घोषणा गरेका छन्। अब संयुक्त बैठकमा सबै केन्द्रीय सदस्यहरुले शपथ लिएका छन्।

यसअघि नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा बिष्णु पौडेल चयन भएका छन् भने प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।

बैठकपछि नेता योगेश भट्टराईले बालुवाटारमा यसबारे जानकारी गराएका हुन्।

एकता संयोजन समितिका ८ र बिष्णु पौडेलसहित ९ सदस्यीस सचिवालय नवगठित नेपाल कम्युनिष्ट पार्टीको हुने जानकारी पनि भट्टराईले जानकारी दिए।

नाै सदस्यीय सचिवालयमा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ  नेताहरु झलनाथ खनाल र माधबकुमार नेपाल, अन्य सदस्यमा बामदेव गौतम, प्रवक्तामा नारायणकाजी श्रेष्ठ, सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा महासचिवमा बिष्णु पौडेल छन्।

दुई पार्टीले नेपाल कम्युनिष्ट पार्टीको स्थानीय समितिलाई बढाएर ४५ सदस्यीय बनाउने सहमति गरेका छन्। यसअघि ४३ सदस्यीय रहने जनाइएको थियो।

प्रतिकृया दिनुहोस