हरीहर गुरुकुल सहयोगको अपेक्षामा

विर्तामोड नगरपालिका ५ बुट्टाबारीमा रहेको हरीहर गुरुकुल आश्रम स्थापना भएको १८ बर्ष पुग्दा पनि अरु आश्रम सोसरह  सरकारबाट आर्थिक सहयोग नपाएको गुनासो गरेको छ । 
 २०५७ सालमा स्थापना भएको यस आश्रमले २०६४ सालमा जिल्ला शिक्षा कार्यालयवाट स्विकृति प्राप्त गरी संञ्चालनमा आएको थियो ।  यस गुरुकुलमा हाल स्थानिय सात जना र विभिन्न स्थानवाट आएका ३० जना गरी जम्मा ३७ जना विद्यार्थी अध्ययनरत  रहेका छन ।
 १ शिक्षक र २ जना पुजारीहरु रहेको यस गुरुकुलमा संस्कृत भाषा निशुल्क अध्ययन गराइने पुजारी अनिरुद्र पौडेलले बताउनु भएको छ । हाल यस आश्रमले संस्कृत सँगै , गणित , अंग्रेजि विषय समेत अध्यापन गराउदै आएको छ । 
आश्रममा नेपाली तथा  भारतिय पर्यटकहरु दर्शन र अवलोकनका लागि आउने गरेका सो मन्दिरका पुजारी अनिरुद्र बताउनु हुन्छ ।
 झापा जिल्लामा  धेरै वटा गरुकुलहरु निर्माण भइ सकेका छन् भने प्राय सबै गुरुकुलहरुले सरकार वाट आर्थीक सहयोग सेवा सुविधा पाएको अवस्थामा हरीहर गुरुकुलले  तुलनात्माक रुपमा सहयोग नपाएको गुनासो गरुकुल समितिले गरेको छ ।  जिल्ला शिक्षा कार्यालय झापा स्थानिय ब्यवस्थापन समिति को सामान्य सहयोग र मुष्ठीदान को सहयोगबाट हाल आश्रममा रहेका विद्यार्थीका लागि खानपानको व्यवस्था गरीएको छ ।   

प्रतिकृया दिनुहोस