पत्रकार महासंघ प्रदेश समितिलाई सम्मान

बिर्तामोड,,ज्येष्ठ २०७५

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एक समितिमा झापाबाट निर्वाचित सदस्यहरुलाई आज बिर्तामोडमा स्वागत तथा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा झापाले निर्वाचित कार्यसमिति कोषाध्यक्ष अम्बिका भण्डारी, सदस्यहरु बिमल लामिछाने, तीर्थ सिग्देल र रेजिना रोदनलाई रुद्राक्षको माला र खदा ओडाई सम्मान गरिएको हो ।

झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित सो अवसरमा ‘न्यू मिडिया एण्ड जर्नालिजम इथिक्स’ बिषयमा संचारबिद् भानुभक्त आचार्यले अनलाईन, श्रव्य, दृश्य तथा प्रिन्ट मिडियामा देखा पर्ने समस्या, च्ुनौति र नीति नियमका बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा झापाका ५० बढि सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरिले स्वागत गरेको कार्यक्रममा पत्रकार गणेश पोख्रले, मोहन काजी न्यौपाने, अम्बिका भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन पत्रकार महासंघ झापा शाखाका सचिब सन्तोष आचर्यले गरेका थिए ।

 


 

प्रतिकृया दिनुहोस