जंगली हरिणको मासुसहित दुई युवक पक्राउ

कानुनी रुपमा प्रतिबन्धित जंगली हरिणको मासुसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ निवासी २९ बर्षीय टेकबहादुर लावती र मेचीनगर नगरपालिका १३ निवासी २१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । लावतीको घरमा हरिणको मासु पकाउँदै गरेको अवस्थामा बिशेष सूचनाको आधारमा वन कार्यालय झापाबाट खटिएका टोलीले पक्राउ गरेको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र वन रक्षकका कमाण्डर रामनाथ यादव र सहायक वन अधिकृत राजन राईको नेतृत्व टोलीले दुवै जनालाई हरिणको सात केजी काचो मासु र दुई किलो पकाएको मासुसहित पक्राउ गरेको थियो । उनीहरु सो हरिण बुट्टावारीको जंगलबाट शिकार गरेको अनुसंन्धानको क्रममा खुलेको उनले बताए । यता पक्राउ परेका दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वनजन्यतु संरक्षण ऐन २९ अनुसार कारवाहीका लागि वन कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।  

प्रतिकृया दिनुहोस