आपराधिक क्रियाकलाप नियन्त्रण गर्न मधिरा नियन्त्रण कार्य सरु

भारतीय सीमावर्ती नाकासंग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका क्षेत्रमा अपराधिक क्रियाकलाप बढेसंगै प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरेको छ।  कचनकवलस्थित बनियानी लगायत आसपासका बजार क्षेत्रहरुमा जाडरक्सी सेवन गरी हुने अपराधिक गतिविधि न्युनिकरण गर्ने उदेश्य मदिरा नियन्त्रण अभियान शुरु गरेको इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी सहायक निरीक्षक उदय शमशेर जवराले जानकारी दिनुभएको छ ।  सोही अभियान अन्तरगत प्रहरीले बनियानी बजार क्षेत्रबाट करिव ४ सय लिटर घरेलुु मदिरा बरामद गरेको छ । घरमा उत्पादन गरिएको सो मदिरालाई प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको वहाँले बताउनु भएको छ । वहाँका अनुसार अभियान थालेसँगै बेलुका ८ बजेदेखि मदिरा बिक्रीवितरण गर्ने पसल तथा होटलहरु बन्द समेत गराउन थालिएको छ।  लामो समयदेखि खुृलेआम घरेलु मदिरा बिक्रीवितरणका कारण हिंसात्मक घटनाहरु यस क्षेत्रमा बढेको छ, वहाँले भन्नुभयो ‘अब त्यस्ता कानुन बिपरित उत्पादित घरेलु मदिरा नियन्त्रणका लागि प्रत्येक वडामा अभियान थाल्छौ ।’ प्रहरी यसअघि पनि सयौ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिसकेको बताइएको छ  । 

प्रतिकृया दिनुहोस