विमान दुर्घटनाको कुरा संसदमा, ध्यान दिन सरकारलाई आग्रह

नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले विमान दुर्घटना बारम्बार भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानु पर्ने बताउनु भएको छ । 
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बडुले हुम्लामा बिहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बारम्बार भइरहने दुर्घटना अन्त्य नभए कम गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताउनु भउको हो । 
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ज्यान गुमाएका विदेशी नागरिकका परिवारले क्षतिपूर्ति पाएको तर नेपालीका परिवारले नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो 
युएस बंगला विमान दुर्घटनामा २३ नेपाली तथा २८ विदेशीको ज्यान गएको थियो ।
विदेशी नागरिकका परिवारले २० हजार अमेरिकी डलरको दरले क्षतिपूर्ति पाएका छन् । तर नेपाली पीडितका परिवारले पाएका छैनन् ।
दुर्घटनाबारे छानबिन गर्न गठित समितिलाई क्षतिपूर्ति सम्बन्धी निर्णय गर्ने अधिकार नरहेकाले यस्तो भएको भन्दै सांसद बढुले सरकारको ध्यानाकर्षण गराउनु भएको हो । 

प्रतिकृया दिनुहोस