आईपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब बिड्ने

 इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो । लिग चरणको एक खेल मात्रै बाँकी रहँदा अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताको १४ अंक भएको छ । १२(१२ अंक जोडेका राजस्थान र पञ्जाब क्रमशः चौथो तथा पाँचौ स्थानमा रहेका छन् ।

शिर्ष दुई स्थानमा रहेका सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स यसअघि नैं प्ले अफ् चरणमा पुगिसकेका छन् । प्ले अफ्मा पुग्ने थप २ टोलीको टुंगो भने अन्तिम चरणका खेलहरुपछि लाग्ने भएको छ । हिजोको खेलमा कोलकाताविरुद्ध पहिले व्याटिङ गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो । आईपिएल क्रिकेटमा आज राती मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब बिभड्नेछन्

 

प्रतिकृया दिनुहोस