उदयपुर गोल्डकपमा आज झापा ११ र थ्रि स्टार भिड्दै

पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज रमपम झापा ११ र रुस्लान थ्री स्टर मैदानमा भीड्दैछन् ।

झापाले पहिलो खेल रुपन्देही ११लाई १–० गोलअन्तरले पराजित गरेको थियो भने रुस्लान थ्री स्टारले मोरङ ११लाई पराजित गरेको थियो । गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा अब केहीदेखि शुरु हुने प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ ।

 

उदयपुर जिल्ला फुटबल संघको आयोजनामा आजदेखि शुरु हुने गईरहेको प्रतियोगिताको फाइनल खेल जेठ ५ गते हुनेछ ।
रमपम तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ ।

 

प्रतिकृया दिनुहोस