दमकको एक स्कुलमा भारतिय विषयको पढाई २४ घण्टाभित्र स्पष्टीकरणसहित वास्तविकताका बारेमा जानकारी दिन निर्देशन

दमक ६ स्थित सूर्योदय बोर्डिङ स्कूलमा भारतीय पाठ्यपुस्तक पढाउँदै आएको पाइएको छ। विद्यालयले कक्षा एकका विद्यार्थीलाई पढाउने ‘कन्भर्सेसन बुक’ भारतीय विद्यार्थीका लागि तयार गरिएकाे पुस्तक मानिन्छ। पुस्तकमा आफ्नो देश भारत र राष्ट्रिय झण्डासमेत भारतकै राखिएकाे छ।  अभिभावक, विभिन्न संघसंस्था र संगठनहरूले सूर्योदय विद्यालयको पाठ्यक्रमका बारे बिरोध गरेपछि सोमबार नगरपालिकाको टोलीले विद्यालयमा अनुगमन गरेको थियाे। नगरपालिका उपप्रमुख गीता अधिकारीको नेतृत्वकाे अनुगमन टोलीले पाठ्यपुस्तक र विद्यालयको पठन/पाठनका बारेमा जानकारी लिएको थियो।नगरपालिकाकाे अनुगमन लगत्तै विद्यालयलाई सो पाठ्यपुस्तक हटाउन र २४ घण्टाभित्र स्पष्टीकरणसहित वास्तविकताका बारेमा जानकारी दिन निर्देशन दिएको उपप्रमुख अधिकारीले बताइन्।

प्रतिकृया दिनुहोस