यौन गतिविधिमा संलग्न ९ जना प्रहरीको फन्दामा

यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले झापा बिर्तामोडका दुई होटलबाट दुई भारतीयसहित ९ जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा कटिहार जिल्ला कोडा थाना वैजनाथपुर सिमरा ग्रामपञ्चायत विहार भारत बस्ने ३१ बर्षीय महम्मद सफिक र २३ बर्षीय महम्मद भोला, रुपन्देही बुटवल–८ बस्ने २५ बर्षीया निशा गिरी र २५ बर्षीया प्रमिला गिरी, काठमाडौ महानगरपालिका–७ चावहिल बस्ने २५ बर्षीया सरिता लामा, कनकाई–४ बस्ने २४ बर्षीया दिया चौधरी, गौराहद–५ बस्ने २० बर्षीय प्रेम खत्री, काभ्रे बनेपा बुटवल–६ बस्ने २५ बर्षीया आयुषा तामाङ र इलाम सूर्योदय–२ फिक्कल बस्ने २३ बर्षीया रुबिना तामाङ रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले बिर्तामोड–५ स्थित झरना होटल एण्ड लज र बिर्तामोड–३स्थित ग्रीनल्याण्ड होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच उपचार गरिदिने भनी झुक्याएर एक युवतीलाई बेश्याबृत्तिमा लगाएको रहस्य बाहिर आएको छ । युवतीलाई भारतको कोठीसम्म पु¥याएर बेश्याबृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका–२ का २६ वर्षे रमेश खत्रीलाई सो आरोपमा पक्राउ गरेको हो । युवतीलाई खत्रीले उपचार पनि गरिदिने र भारतमै जागिर लगाइदिने भन्दै झुक्याएर कोठीसम्म पु¥याएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

दिल्लीस्थित एक अपार्टमेन्टमा दुईवर्षसम्म बन्धक बनाएर जबरजस्ती बेश्याबृत्तिमा लगाएको भन्दै उजुरी परेपछि सीआईबीले खत्रीलाई पक्राउ गरेको जनाएको छ ।
सीआईबीका अनुसार १३ वर्षदेखि कोठीमा कार्यरत खत्रीले युवतीलाई दुईवर्षसम्म एक अपार्टमेन्टमा राखी अश्लील तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर बेश्याबृत्तिमा लगाएका थिए ।

प्रतिकृया दिनुहोस