मोदीको धम्कीको भाषाप्रति पूर्वप्रधानमन्त्रीको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गर्ने गरेको भाषा उपयुक्त नरहेको भन्दै पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहसहितका कांग्रेसका नेताहरुले राष्ट्रपतिलाई पत्र लेखेका छन् ।

प्रधानमन्त्री मोदीले अनुचित, धम्कीपूर्ण तथा भयभित गराउने खालका भाषा प्रयोग गर्ने गरेको र यो रोक्नु पर्ने माग गर्दै पूर्व प्रधानमन्त्रीसहित कांग्रेसका नेताले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका हुन् । देशको प्रमुख पदमा रहेको व्यक्तिले प्रयोग गर्ने गरेको भाषाले पद तथा देशको गरिमा नै कमजोर बनाएको उनीहरुको आरोप छ ।

देशको प्रधानमन्त्रीले प्रायः गरी नसोचिकन धम्कीपूर्ण तथा सार्वजनिक रुपमा भयभित बनाउने खालको भाषा प्रयोग गर्ने गरेको र यो प्रमुख प्रतिपक्ष दल कांग्रेस र उसका नेताप्रति लक्षित हुने गरेको राष्ट्रपति रामनाथ कोविन्दलाई लेखिएको पत्रमा उल्लेख छ ।

पत्रमा मोदीले मे ६ मा कर्नाटकमा भएको सार्वजनिक बैठकमा दिएको भाषको भाषालाई उद्धृत गरिएको छ ।

त्यहाँ मोदीले भनेका थिए, ‘कांग्रेसका नेताहरु सचेत भएर सुन, यदी तिमीहरुले आफ्नो सीमा नाघ्यौ भने मलाई सम्झ, जे पनि हुन सक्नेछ, मूल्य चुनाउनु पर्नेछ ।’

पत्रमा कांग्रेस नेताहरुले प्रधानमन्त्रीले यस्तो धम्कीपूर्ण र भय फैलाउने भाषा प्रयोग गर्न नहुने किनकी यो शक्तिको दुरुपयोग हो भनिएको छ ।

स्वतन्त्र प्रजातान्त्रिक देशका प्रधानमन्त्रीले यस्तो भाषा प्रयोग गर्नु खेदपूर्ण रहेको पत्रमा उल्लेख गरिएको छ । मोदीको भाषा अस्वीकार रहेको कांग्रेसले बताएको छ ।

प्रतिकृया दिनुहोस