बिर्तामोडमा शैक्षिक महोत्सव आजबाट शुरु

बिर्तामोड

\ब्रिज एजुकेशन फाउण्डेशनको आयोजनामा झापाको बिर्तामोडमा दुईदिने शैक्षिक महोत्सव आजबाट शुरु भएको छ । एसईई र प्लस टु सकेर उच्च शिक्षा अध्ययनको तयारीमा रहेका बिद्यार्थीहरुलाई परामर्श दिई सहि मार्गदर्शन गर्ने उद्धेश्यले सञ्चालीत मेलाको पहिलो दिन सैयौँले अवलोकन गरेका छन् । महोत्सवमा मुलुकभरका उत्कृष्ठ  कलेजहरुका बिभिन्न २५ वटा स्टलहरु राखीएका छन् ।

जस्बाट बिद्यार्थीहरुले ईच्छाएका बिषय अध्ययनका लागी कलेज छनौट सहयोग मिल्नेछ् । महोत्सवमा बिदेश जाने तयारीमा रहेका बिद्यार्थीहरुलाई उचित परामर्श समेत दिईने आयोजक समितिले जनाएको छ । साथै महोत्सव अवधिभर निशुल्क स्वास्थ्य शिबिरको पनि आयोजना गरीएको छ ।

प्रतिकृया दिनुहोस