‘क्याप्टेन’ मा प्रशान्त ताम्राकार

डेव्यु चलचित्र ‘ऐश्वर्य’ बाट राम्रो चर्चा कमाएका प्रशान्त ताम्राकार लगातार चलचित्रमा व्यस्त रहेका छन्। उनै प्रशान्त अनमोल केसीको नयाँ चलचित्र ‘क्याप्टेन’ मा अनुबन्धित भएको खबर बाहिरिएको छ। पहिलोपटक स्पोर्टी व्याईको भूमिकामा देखिन लागेका अनमोल यो चलचित्रमा फुटबल खेलाडीको भूमिकामा देखिदैछन्। चलचित्रको तीन दिनको छायाँकन इलाममा सम्पन्न भैसकेको छ भने हाल निर्माण टिम झापामा छायाँकन गरिरहेको छ।

उक्त चलचित्रमा प्रशान्त अनमोलको फुटबल कोचको रुपमा प्रस्तुत हुदैछन्। पछिल्लो समय ‘जय शम्भु’ र ‘रणवीर’ को छायाँकन सम्पन्न गरेर बसेका छन्। चलचित्रमा विमल घर्ति मगर रहने चर्चा समेत चलेको थियो। निर्देशक दिवाकर भट्टराईले चलचित्र फुटबल खेल संग सम्बन्धित भएकाले देशका चर्चित खेलाडीलाई चलचित्रमा समावेश गर्ने कोशिस रहेको बताएका छन्। चलचित्रमा उपासना उपासना सिंह ठकुरी, प्रियंका एमभी र सरोज खनाल मुख्य भूमिकामा रहेका छन्।

प्रतिकृया दिनुहोस