वडाध्यक्षले सेवाग्राहीलाई जुत्ता हाने, विरोधमा कार्यालयमै थुनियो

 

गाईघाटःबैशाक १८,, चौडण्डीगढी नगरपालिका–९ को वडा कार्यलयमा स्थानीयले शुक्रबार तालबन्दी गरेका छन् । वडाध्यक्ष प्रकाश राउतको कार्यप्रति असन्तुष्ट जनाउँदै स्थानीयले वडाध्यक्षलाई कार्यालय भित्रै थुनेर ताला लगाइदिएका छन् । 

सेवाग्राही प्रेमकुमार खडकालाई दुव्र्यहार गरेको भन्दै आक्रोशित स्थानीयले विहान १० बजे नै अध्यक्ष राउतलाई भित्रै थुनेर ताला लगाइदिएका हुन् । वडा कार्यालयमा सेवा लिन जाँदा विभेद गर्ने गरेको भन्दै तालबन्दी गएिको पीडित खड्कासहितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

author-image

वडाध्यक्ष प्रकाश राउत थुनिएपछि ताल्चा फुटाउन पुगेको प्रहरी टोली । तस्बिर: भरत खड्का

बिहीबार सेवा लिन वडा कार्यालय गएका खड्कालाई वडाध्यक्ष राउतले अपशब्द प्रयोग गर्दै जुत्ता खोलेर हानेका विज्ञप्तिमा उल्लेख छ । यता वडाध्यक्ष राउतले बहालवाला शिक्षक खड्काले उपभोक्ता समितिमा बसेर अनियमिता गरेको आरोप लगाएका छन् ।वडाध्यक्ष राउतले बहालवाला शिक्षकले उपभोक्ता समितिमा बसेर काम सम्पन्न गरेको सिफारीस लिन आउँदा उल्टै दुव्यहार गरेको बताए । जनताको काम गर्दागर्दै खड्कासहितका समुहले कार्यालयमै थुनेर तालबन्दी गरिदिएको वडाध्यक्ष राउतले बताए । 

प्रतिकृया दिनुहोस