फेरि पनि कांग्रेसको छायाँ सरकार

 

डोल्पा, वैशाख १६ – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसले छाँया सरकार गठन गरेको छ । नेपाली कांगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । 

छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली कांग्रेस डोल्पाले जानकारी दिएको छ । छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ । अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिनुभयो । यसअघि नेपाली कांग्रेसले रुकुम पश्चिममा पनि छायाँ सरकार गठन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस