बुद्धजयन्ती, चण्डी पूर्णिमा र फुटबल उत्सव एकसाथ

जुनसुकै समाजमा पनि उत्सवहरु हुन्छन् । यस्ता उत्सवहरुलाई धुमधामसाथ मनाइन्छ । इलाममा पनि विभिन्न उत्सवहरु मनाइन्छ । कुनै उत्सव जाति विशेषले, वर्ग विशेषले वा समूह विशेषले मात्रै मनाउने पनि हुन्छन् भने कुनै उत्सव सबैले एकसाथ मनाउने खालका हुन्छन् । इलाममा फबल खेल एक उत्सवकै रुपमा हुन्छ र यसमा सबैको सहभागिता रहन्छ ।

 

इलाममा फबल खेल थालनीको एक शतक जसो हुँदैछ । जतिबेला यसको थालनी भयो त्यति बेला मनोरञ्जनका साधनहरु कम थिए । त्यसकारण फबल खेल वा प्रतियोगिता एउटा महोत्सव जस्तै हुन्थ्यो । खेल हेर्न गाउँ सहर उल्टिएर जम्मा हुन्थ्यो । खेलमा तत्कालीन प्रशासकहरु स्वयम् समेत प्रत्यक्ष संलग्न हुने भएकाले पनि यसको महत्व बेग्लै थियो र सहभागिता पनि उस्तै ।

फबल खेलका लागि उपयुक्त मैदान आवश्यक हुन्छ । पहाडमा यस्ता मैदान बनाउन पनि सहज छैन । तर, इलाममा भने सदरमुकामको केन्द्र भागमै रहेको छ खेल मैदान । त्यसैले अन्य

कामले सदरमुकाम आएका गाउँलेहरु समेत खेलमा दर्शकका रुपमा सहभागी हुन्छन् । विविध कारणले मैदानलाई अपेक्षित सुधार भने गर्न सकिएको छैन ।

अग्रजहरुका अनुसार अहिलेको खेल मैदान ठूलो टुँडिखेल बनाउन विसं १९३९ मा थालिएको थियो । त्यस बेला यहाँ श्रीनाथको पाँच सय पल्टन थियो र तिनलाई परेड खेलाउनका लागि यो मैदान बनाइएको थियो । त्यसपूर्व सेनाले अर्को एउटा सानो मैदानमा काम चलाउँदै थियो । समयक्रममा साविकको त्यो सानो मैदानलाई सानो टुँडिखेल र नयाँलाई ठूलो टुँडिखेल भन्न थालियो ।

 

विसं १९९१ मा चर्चित फबल खेलाडी महावीर शमशेर इलाममा बडाहाकिम भएर आएपछि उनैले यहाँ फबल खेलको व्यवस्थित थालनी गराए । बडाहाकिम स्वयम् खेल्ने भएकाले सेनाका जवानबाट छनोट गरेर टिम बनाए होलान् । त्यसको देखासिकीमा स्थानीय युवाले पनि आफो टिम बनाए होलान् । त्यही नब्बेकै दशकमा यहाँ पेट्रोमेक्स बालेर राति समेत फबल हुने गरेको जानकारहरु बताउँछन् । त्यस बेला, राणाको टिम र रैतीको टिमबीच खेल भइरहँदा राणाको टिमले नजितेसम्म खेल जारी रहँदो रहेछ । यस क्रममा अँध्यारो भए पेट्रोमेक्स बालेर खेल खेलाइँदो रहेछ । भनिन्छ राणा बडाहाकिमको अर्डरमा ती ठूला दुई पेट्रोमेक्स कलकत्ताबाट ल्याइएका थिए । यसरी हेर्दा नेपालमा राति फबल खेल्ने चलनको थालनी इलामबाटै भएको देखिन्छ ।

 

साढे तेह्र दशक पहिलेबाट सम्याउन थालिएको इलामको ठूलो टुँडिखेललाई बिभिन्न समयमा मर्मत गर्दै स्तरीय बनाउने प्रयास गरिँदै आएको छ । पहिलो राष्ट्रिय महिला फबल आयोजना गर्ने क्रममा २०४४ सालतिर यसलाई अलिक बिस्तार गरियो । हाल माईभ्याली फबल क्लबले यसलाई अझ व्यवस्थित गरेको छ । खेलको समयमा दर्शक बसाउनका लागि बाँसका अस्थायी प्यारापिट बनाउने कामको थालनी माइभ्याली गोल्ड कपसँगै भित्रिएको छ ।

 

इलाममा फबल खेलको थालनी राणाकालमै भए पनि यसको विकास भने सात सालपछि नै भएको देखिन्छ । इलाममा २००३ सालमा हाइस्कुल स्थापना भएपछि त्यहाँ पढाउने शिक्षकहरु भारततफाट ल्याइए । तिनीहरु राम्रा खेलाडी पनि थिए । त्यस्तै, त्यसताका दार्जिलिङतिर पढ्ने इलामका विद्यार्थीहरु पनि उतै खेल्न सिकेर राम्रा खेलाडी भए । तिनले छुट्टीमा घर आएका बखत यता पनि खेल्न खेलाउन थाले । भारतीय तथा ब्रटिस सेनाका पूर्वसैनिकहरुको पनि ठूलो योगदान छ इलाममा यो खेलको स्तर उचो बनाउनमा ।

 

इलाममा फबल खेल आयोजनालाई संस्थागत गर्ने प्रयासको पनि लामै इतिहास बनिसक्यो । यहाँ पहिले पूर्वाञ्चलस्तरीय खेलकुद संघ थियो । पछि अञ्चलस्तरीय संघ भयो, हाल जिल्ला फबल संघ छ । त्यसका अतिरिक्त चालीसको दशकमा यहाँका युवाले माइभ्याली स्पोर्टिङ क्लब गठन गरे । त्यसले भूकम्प स्मृति कप अन्तर्राष्ट्रिय प्रतियोगिता लगायतका खेल आयोजना र्गयो । यिनै प्रतियोगिताका क्रममा यही मैदानबाट इलामले धीरेन प्रधान, लोकबन्धु गुरुङ, सुवास राई, नवयुग श्रेष्ठ, पप्पु दास (रञ्जना सुजी) संरचना प्रधानजस्ता राष्ट्रियस्तरका पुरुष तथा महिला फबल खेलाडीहरु उत्पादन गर्दै आएको छ । त्यस्तै, राजु शाक्य, देवनारायण चौधरी, हरि खड्का जस्ता नेपाली खेलाडीले समेत यस मैदानमा खेल प्रदर्शन गरिसकेका छन् ।

 

विगतदेखि नै इलाममा फबल खेल कति लोकप्रिय थियो भने धर्म वा नामका लागि पौवा पाटी बनाएजसरी मानिसहरुले प्रतियोगिताका लागि शिल्डहरु राखिदिन्थे । पितृका नाममा समेत शिल्ड थापिदिएको थियो । गजराज बुढाथोकीका नामको गजराज कप, ज्ञानी झाजका नाममा थापिएको ज्ञानी मेमोरियल शिल्ड र कमल गजमेरका नाममा राखिएको कमल मेमोरियल शिल्ड यसका उदाहरण हुन् । एकताका इलाममा जुनियर सिनियर गरेर ८/१० ट्रफी र शिल्डहरु थिए । रणवीर गुरुङका नाममा स्थापित रणवीर शिल्ड सबैभन्दा पुरानो शिल्ड थियो ।

 

उसबेला खेलमा विजयी टिमलाई मुख्य पुरस्कारका रुपमा त्यही कप वा शिल्ड दिइन्थ्यो । त्यलाई सो टिमले एक वर्ष आफँग राख्दथ्यो । त्यसमा आफो टिमको नाम अंकित गर्थ्यो र अर्को वर्ष खेल सुरु हुँदा त्यसलाई फिर्ता गरिदिन्थ्यो । तर, एउटै टिमले लगातार तीनपटक जितेमा सो ट्रफी पच हुन्थ्यो । त्यसैले, उस बेलाका ती शिल्ड कप समय क्रममा नियमानुसार पच गरिएपछि तिनको निरन्तरता हुन सकेन । त्यसले गर्दा टुर्नामेन्टहरुको आयोजना पनि घट्दै र हट्दै गए ।

 

पछिल्लो समयमा माईभ्याली स्पोर्टिङ क्लबले भूकम्प स्मृति कप नकआउट टुर्नामेन्ट आयोजना गर्न छाडेपछि इलाममा फबल साँच्चै नै सुस्ताएको थियो । यही पृष्ठभूमिलाई ध्यानमा राखी इलामका पूर्वखेलाडीहरुको अगुवाइमा २०७१ मा माईभ्याली फबल क्लब गठन भएपछि इलाममा स्तरीय खेल आयोजना गर्ने उद्देश्यले जिल्ला फबल संघ समेतको सहकार्यमा माईभ्याली गोल्डकप नकआउट फबल खेलको थालनी भएको हो ।

 

उहिले खेल सिध्याएर पुरस्कार वितरण गरिसक्दा झमक्कै साँझ पर्थ्यो । अनि विजयी टिमको जुलुशले नगर परिक्रमा गर्थ्यो । पेट्रोमेक्स बालेर झिलिमिलीका साथ नारा लाग्थे । एकजनाले भट्याउँथ्यो, बाँकी सबले पछ्याउँथे, ‘यो शिल्ड कस्को ?’ ‘फल्ना टिमको ।’ कसले जित्यो ? फल्ना टिमले । कति गोलले ? यति गोलले । हिप् हिप्, हुर्रे ! त्यस्तै खेल र खेलाडीको कौशलको वर्णन गर्ने नारा लाग्थे । किपर कस्तो ? चुम्बक जस्तो । ब्याक कस्तो ? खम्बा जस्तो । फरवार्ड कस्तो ? बिजुली जस्तो । सुट कस्तो ? तरवार जस्तो ! सारा नगर विजय ध्वनिले गुञ्जायमान हुन्थ्यो । स्कुल कलेज टिमले जितेको भए भोलिपल्ट सम्बन्धित शिक्षण संस्था छुट्टी गरेर खुसियाली मनाइन्थ्यो ।

 

हाम्रा पूर्वजहरुको खेलस्तर कस्तो थियो यो पंक्तिकार भन्न सक्दैन तर धेरै दौडन सक्ने र लामो तथा दह्रो किक हान्ने खेलाडी चर्चित हुन्थ्यो जस्तो लाग्छ, पछिसम्मै त्यस्तै थियो । २०२० को दशकमा यो पंक्तिकारसहितका खेलाडीलाई ड्रिबलिङको सीप पहिलोचोटि पुलिसका इन्स्पेक्टर नुरबहादुर थापाले सिकाएका थिए । सर्ट पास पनि उनैले सिकाएको हो । अहिले जस्तो ब्याक पासको चलन थिएन, अभर पर्दा मात्रै त्यसो गरिन्थ्यो । त्यस बेला बल याने तागतको अत्यधिक प्रभाव हुन्थ्यो खेलमा । कौशल कम भएपछि बलले अग्रता पाउने नै भयो । यसले गर्दा खेलाडीलाई चोटपटक पनि बाक्लै लाग्ने गर्थ्यो ।

 

माईभ्याली फबल क्लबले विगत चार वर्षमा इलामको फबललाई जुन उचाइ दिइरहेको छ, त्यसले यहाँको खेललाई अन्तर्राष्ट्रियस्तर दिन थालेको छ । माईभ्याली गोल्डकपको चौथो संस्करणसम्म आइपुग्दा भारत, भुटान र बांग्लादेशका विभिन्न टिम सहभागी भइसकेका छन् । राष्ट्रिय टिमहरु प्राय: सबै सहभागी हुन्छन् । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका विभागीय टिमहरुको सहभागिता पहिलो संस्करणदेखि नै निरन्तर छ ।

 

यसपालिको संस्करणमा बुधबारसम्ममा क्वार्टर फाइनल खेल चरण सकिएको छ । बुधबारसम्ममा बांग्लादेश, कलकत्ता, कास्की, झापा, सिक्किम, संकटा र घरेलु टिम बाहिरिसकेका छन् । सशस्त्र प्रहरी, आर्मी, मनाङ मर्स्याङदी सेमिफाइनलतिर पुगेका छन्् । बुधबारको खेलमा नेपाली सेनाको टिम सिक्किमलाई पराजित गर्न सफल भयो ।

फाइनल खेल १७ गतेका लागि निर्धारित छ । झापाको गर्मीबाट एक दिनलाई भए पनि उम्किएर इलामको फाइनल खेल हेर्ने अवसर झापाबासी समक्ष उपलब्ध छ । उक्लने होइन त आउने सोमबार इलाम फाइनल खेल हेर्नका लागि ? आउनुहोस् बुद्ध जयन्ती र चण्डी पूर्णिमा यसपालि इलामतिरै मनाऔँ, माईभ्याली फबल चौथो चरणको फाइनल खेल पनि हेरौँ । इलामेको भव्य उत्सवमा सहभागी हुने पाहुनालाई स्वागत गर्न इलाम तयार रहेको छ ।

 

प्रतिकृया दिनुहोस