नेपालका चर्चित गायकहरु शहिद दिवसका दिन झापा आउदै ।

माघ १० । नेपालका चर्चित गायकहरु राजेशपायल राई, उत्तमजङ्ग लिम्बू र आस्था राउत यहि माघ १६ गते शहिद दिवसका दिन झापा आउने भएका छन् । बन्दी विकास पुस्तकालय झापा कारागारको २२ औँ बार्षिकोत्सवमा हुने बृहत साँस्कृतिक कार्यक्रममा सहभागि हुन उनीहरु झापा आउने भएका हुन् ।

 

उनीहरुसँगै नेपालका चर्चित डान्सर रिया श्रेष्ठ र बेली डान्सर विन्दु शाक्य पनि कार्यक्रममा सहभागि हुने वन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले बताए ।
झापा कारागार अन्तरगत रहेको बन्दी विकास पुस्तकालयले हरेक वर्ष सहिद दिवसका दिन विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।


वार्षिकोत्सवको अवसर पारेर पुस्तकालयले एक महिनादेखि विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जस अन्तरगत क्रिकेटमा विवेक राउतको टिमले विजयी हासिल गरेको छ । सिनियर चेसतर्फ वार्ड नम्बर ४ का किरण पोखरेलले बाजी मारेका छन् । जुनियरतर्फ वार्ड नम्बर ५ का रोशन लिम्बूले जितेका छन् ।

 

भलिबलमा रमेश पोखरेलको टिमले जितेको सचिव गिरीले बताए । यसैगरी, माघ १० गते हाजिरी जबाफ र १२ गते बन्दी ग्रेण्ड मास्टर प्रतियोगिता हुने पुस्तकालयका अध्यक्ष एवम् चौकीदार मोहन धिमातलले बताए । अध्यक्ष धितालका अनुसार खेलकुद तथा विभिन्न प्रतियोगितामा विजेता व्यक्तिहरुलाई १६ गते पुरस्कार तथा सम्मान गरिनेछ ।

प्रतिकृया दिनुहोस