जन्मदिनको अवसरमा बुढाथोकिले दिए ,प्रहरीलाई एक थान मोटरसाईकल ।  

 

माघ ०९ । झापा  बिर्तामोडका एक युवकले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर प्रहरीलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेका छन् ।

 

बिर्तामोड –९ का युवा ब्यावसायी एवंम समाजसेवी प्रकाश बुढाथोकिले अस्थायी प्रहरी चौकि गरामुनिलाई एक थान मोटरसाईकल हस्तान्तरण गनूृभएको हो ।

 

जन्मदिन  समुदायीको लागि भन्ने अभियाननै चलाए  जन्मदिनको अवसरमा १६० सि सिको मोटरसाईकल गरामुनि प्रहरी चौकिलाई हस्तान्तरण गरिएको उहाँले बताएनुभयो ।


प्रहरी चौकिमा आज आयोजित कार्यक्रम बिच मोटरसाईकलको चाबि ईलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी शुबास खण्डकालाई बुडाथोकिले हस्तान्तरण गर्नुभएको  थियो ।

 

चौकि को ईन्र्चाज बिनोद काईरालाले स्वागत गर्नुभएको कार्यक्रममा राप्रपाका नेता भक्ति सिटौला ,बाड नं. ९ का अध्यक्ष पबित्रा पाठक ,नेकपाका मोहन सुब्बा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका सञ्चालन संचारकर्मी सरोज पौडेलले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस