प्रचण्ड दाहाल’सहित परिवारका सबै सदस्य अस्वस्थ । 

माघ ०९  ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सबै सदस्य अस्वस्थ हुनुभएको छ । 
पत्नी सीता दाहाललाई ज्वरो आएपछि आइतवार सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

 

सीता दाहालको उपचार चलिरहेकै बेला भाइरल ज्वरोका कारण प्रचण्डकी नातिनी स्मिता दाहाल, दुई नाति प्रसिद्ध दाहाल र प्रणव दाहाललाई समेतलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । 


उहाँहरूलाई सोमवार साँझ घर पठाइएको गरिएको छ । नातीहरू घर फर्केपछि प्रचण्डकी बुहारी एवं खानेपानीमन्त्री बिना मगर ज्वरोको कारण अस्तपालमा भर्ना हुनु भएको छ । सुमेरु अस्पतालमा प्रचण्ड पत्नी सीता र बुहारी बिनाको उपचार भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

 

चिकित्सकहरूका अनुसार उहाँहरू दुवैजनाको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले अध्यक्ष प्रचण्डलाई केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् ।

प्रतिकृया दिनुहोस