बलभद्र  प्राथमिक बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण । 

झापा ,माघ ०८ ।झापा गौरादह ९ स्थित बलभद्र प्राथमिक बिद्यालयका बिद्यार्थी लाई मंगलबार  एक कार्यक्रमका बिच न्यानो लुगा बितरण गरिएको छ । 

 

पुर्व बिद्यार्थी तथा संचारकर्मी सृजन घिमिरेको अगुवाइ र वैदेशिक रोजगारीमा रहेका स्थानिय युवाहरु तथा बिर्तामोडका २ ओटा बाल क्लबको सहयोगमा १सय जना बिद्यार्थीलाई   स्विीटर र टोपी बितरण गरिएको हो ।

सो बिद्यालयमा   बिपन्न र सन्थाल समुहको बाहुल्यता रहेको छ ।बैदेशिक रोजगारीमा रहेका सोहि विद्यालयका  पुर्व बिद्यार्थी तथा स्थानिय  विसन  किस्कु , ध्र्रुब भुजेल , प्रधान हेमरम, जीबन ढकाल , सुनिल टुडु, पल्टन मुर्म , राजन सिग्देल ,महेन्द« गिरी तथा देवभुमी बाल क्लब  र उज्यालो इडन गार्डेन बाल क्लबको संयुक्त सहयोगमा कपडा बितरण सम्भव भएको हो ।

 

 कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खोज बहादुर फुयालको सभापतित्व तथा गौरादह नगरपालिका बडा नं ९  का सदस्य कृष्ण गौतमको प्रमुख आतिथ्यता रहेको थियो साथै पत्रकार सरोज पौडेल संचारकर्मी चेतन लाछिाने ,टिका तिवारी, भिजन गुरागाँई  लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै पुर्व बिद्यार्थी तथा संचारकर्मी सृजन घिमिरेले बैदेशिक रोजगारीमा रहेका भु.पु.बिद्यार्थीको साथ र सहयोग ले गर्दा मात्र कार्यक्रम गर्न सफल  भएको बताउनु भएको थियो ।  सोही क्रममा बोल्दै पत्रकार सरोज पौडेलले बाल क्लबका बिद्यार्थीले खाजा खान ल्याएको पैसा बचत गरेर सहयोग गर्नु उधाहरणीय भएको  बताउनुभयो ।

 

साथै बालबालीका भबिष्यका कर्णदारमात्र नभएर बर्तमानका साझेदार पनि भएको जिकिर गर्नु भयो । जनप्रतिनिधीले पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार्न तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । 

 

गौरादह नगरपालिका बडा नं ९  का सदस्य तथा प्रमुख आतिथी कृष्ण गौतमले आफु सानो पदमा रहेपनि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतीबद्घता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस