जंगली हात्तीले गर्यो ,आधा दर्जन घरमा क्षति ।

भद्रपुर, माघ ०७ । दुई वटा जंगली हात्तीले झापाको अर्जुनधारामा आइतबार आधा दर्जन घरमा क्षति पुर्याएको छ ।

 

अर्जुनधारा नगरपालिका ८ स्थित हात्तिकिल्ला बस्तीमा निस्किएको जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याउँदा करिब ३५ हजार मुल्य बराबरको क्षति पुगेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो  ।

 

प्रहरीका अनुसार हात्तीले अर्जुनधारा ८ निवासी चेतनाथ बजगाईंको घरको बाँसको बेरा र रनविर तामाङको किचन घरको बाँसले बारेको बेरा भत्काएको छ । त्यस्तै सोही ठाउँका पुर्ण प्रसाद चापगाईंको किचन घरको बाँसले बारेको बेरा र सेवन्त ढकालको घरको झ्यालको सिसा फुटाइ दिएको छ ।  



राम लुइंटेलको र जमुनादेवि गड्तौलाको किचन घरको बाँसले बारेको बेरा भत्काई दिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । हात्तीले कुनै मानविय क्षति नगरेको उहाँको भनाई छ ।

 

 गाउँमा हात्ती निस्किएपछि वन कर्मचारी, प्रहरी र स्थानीयबासी मिलेर हात्ती धपाएका थियो । यता गाउँमा हात्ती आउन थालेपछि स्थानीय त्रसिद बनेका छन् ।

प्रतिकृया दिनुहोस