२० सदस्यीय टोलीसहित प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान ।

माघ ०७ । धानमन्त्री केपी ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा भाग लिन प्रस्थान गरेका छन् । आगामी माघ ८ देखि ११ गतेसम्म  स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठक हुँदैछ ।

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विदार्इ गरेका थिए ।

 

भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागी लगायत छन् । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल माघ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रधानमन्त्री ओलीले बैठकका दुई सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डाभोसमा रहँदा उनले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने बताइएकाे छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालका प्रधानमन्त्रीले पहिलो पटक भाग लिन लागेका हुन् ।

 

२० सदस्यीय भ्रमण टोलीमा कोको छन् ? 


प्रधानमन्त्री ओलीको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल स्वीजरल्याण्ड प्रस्थान गरेको छ । 

  1. केपी ओली–प्रधानमन्त्री

  2. राधिका शाक्य–प्रधानमन्त्रीकी धर्मपत्नी

  3. प्रदिपकुमार ज्ञवाली–परराष्ट्रमन्त्री 

  4. डा. युवराज खतिवडा–अर्थमन्त्री

  5. विष्णुप्रसाद रिमाल–प्रधानमन्त्रीका मुख्य सल्लाहकार 

  6. डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

  7. डा. पुष्प कँडेल–राष्ट्रिय योजना आयोगका उपाध्यक्ष 

  8. शंकरदास बैरागी–परराष्ट्र सचिव

  9. डा. दिव्या सिंह शाह–प्रधानमन्त्रीका निजी चिकित्सक

  10. राजेश बज्रचार्य–प्रधानमन्त्रीका स्वकीय सचिव 

  11. दिपक अधिकारी– शिष्टाचार अधिकारी, परराष्ट्र

  12. घनश्याम भण्डारी–सहसचिव, परराष्ट्र

  13. अच्युतम भण्डारी–प्रमुख सेनानी, प्रधानमन्त्रीको निजी अंगरक्षक

  14. राजनकुमार लिम्बु–डिएसपी, प्रधानमन्त्रीको निजी अंगरक्षक

  15. दिपेन्द्रप्रसाद दाहाल–प्रधानमन्त्रीका स्वकीय उपसचिव 

  16. प्रविण भट्टराई– शिष्टाचार अधिकृत, परराष्ट्र

  17. टीका अधिकारी– सहयोगी

  18. तिर्थ प्रसाद भट्टराई–प्रमुख सम्बाददात, रासस

  19. नवराज पोखरेल–नेपाल टिभी, सम्बाद्दाता

  20. प्रकाश महत–नेपाल टिभी, क्यामेरा पर्सन

यी हुन् छलफलका विषय

 

विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा यसपटक विश्वव्यापीकरणको अझ राम्रो संस्करण कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य विषयवस्तु चौथो चरणको विश्वव्यापीकरण : चौथो औद्योगिक क्रान्तिको युगमा विश्वको आर्किटेक्चर निर्माण रहेको जनाइएको छ ।

 

‘विश्वव्यापी सहयोग तथा सहकार्यमा अहिले ठूलो दबाब छ, विश्वव्यापीकरण असफल भयो भनेर मानिसहरुले ठूलो निराशा प्रकट भइरहेका बेला छलफलको यो विषय तय गरिएको हो,’ फोरमले भनेको छ । 

 

बहुअवधारणायुक्त विश्वमा भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवद्र्धनका लागि जोखिमको लचकता, मानवपूँजी र समाज,  एवम् विश्वव्यापी संस्थागत सुधारसहित ६ ओटा मुख्य विषयमा छलफल हुनेछ  ।

 

को–को आउँदै छन् डाभोसमा

  1. सिन्जो आवे, जापानी प्रधानमन्त्री
  2. एन्जेला मर्केल, जर्मन चान्सलर
  3. जेसिन्डा आर्डर्न, न्युजिल्यान्डकी प्रधानमन्त्री
  4. राजकुमार विलियम, बेलायतका राजकुमार
  5. सर डेभिड एटेनबोरोउघ (सहभागीमध्ये वृद्ध), विश्वप्रसिद्ध ब्रोडकास्टर तथा प्रकृतिविद्
  6. उएली मौरर, स्विट्जरल्यान्डका राष्ट्रपति
  7. जैर बोल्सोनारो, ब्राजिलका राष्ट्रपति
  8. वाङ क्विसान, चीनका उपराष्ट्रपति
  9. पेड्रो सान्चेज, स्पेनका प्रधानमन्त्री
  10. बर्हम सलिह, इराकका राष्ट्रपति
  11. मोहम्मद असरफ घानी, अफगानिस्तानका राष्ट्रपति
  12. बेन्जामिन नेतान्याहु, इजरायलका प्रधानमन्त्री
  13. पाउल कागामी, रुवान्डाका राष्ट्रपति
  14. स्रिल एम रामाफोसा, दक्षिण अफ्रिकाका राष्ट्रपति
  15. गुयन जुआन फुक, भियतनामका प्रधानमन्त्री
  16. एन्टोनियो गुटेरेस, संयुक्त राष्ट्रसंघका महासचिव
     

प्रतिकृया दिनुहोस