जन्मदिनमा मायाले गरिन रक्तदानको आयोजना ।    ,

माघ ०६ । शिवसताक्षी १ को वडा कार्यालय प्रशासन फाँटका सहायक पदकी कर्मचारी माया सापकोटाले आफनो जन्मदिनको अवसरमा आज पाराबारी बजारमा  रक्तदान कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन भएको छ।


 
सिवसताक्षि ३ निवासी माया सापकोटाले पाराबारी  बजार परिसरमा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षि का मेयर चन्द्र कुमार शेर्मा , उपमेयर भोजकुमारी नेपाल ,३ नम्बर वाड अध्यक्ष पुन्य सापकोटा दमक रक्त सन्चार प्रमुख सिदार्थ दाहाल ,पाराबारी बजार समितिका अध्यक्ष बम बाहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।


सापकोटाले रगतदान जस्तो मानवीय कार्यको आयोजना गरेर नौलो कार्यको थालनी गरेको प्रमुख अतिथी लगायत  चर्चा गरे ।
सामाजिक कार्यमा फडको मार्दै आएकी सापकोटाले आयोजना गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।
अघिल्लो जन्मदिनमा उनले नमुना बालगृहका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेर मनाएकि थिइन ।

 

प्रतिकृया दिनुहोस