सर्लाहीमा बस दुर्घट्ना हुदा ३ को मृत्यु, ३ घाइते ।

माघ ०५ । काठमाडौँबाट इलाम जाँदै गरेको बस सर्लाहीमा दुर्घटना भएको छ । काठमाडौँबाट इलाम जाँदै गरेको ना ५ च ५७५४ नम्बरको बस बिग्रिएर रोकी राखेको ठाउँमा राती १ः३० बजे सोही दिसाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी बसमा सवार इलाम सुलुवुङका गोविन्द साउदेन र इटहरी १६ की विनीता राईको मृत्यु भएको छ भने ट्रकमा सवार विरजञ्ज नगरपालिका १९ का रहिम मियाँको मृत्यु भएको छ ।

 

अहिले बस र ट्रक दुवै प्रहरी नियन्त्रणमा छ । ट्रक सवार घाइते उदयपुर कटाहारीका दीपक अधिकारीको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस