मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर संगठन बिर्तामोडको आर्थीक सहयोग

माघ ३ ।  दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटिले ३० हजार रुपौयाँ उपचार खर्च बापत प्रदान गरेको छ । बिहिबार बिर्तामोडमा संगठनको बिस्तार र सदस्य हस्तान्तरण कार्यक्रमको अवसरमा सदस्य समेत रहेका आलमलाई उपचार खर्च स्वरुप उक्त रकम हस्तान्तरण गरीएको हो । आर्थीक अवस्था दयनिय रहेका आलम बिगत अठार महिनादेखी उपचाररत रहेका छन् ।

 

कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी भिम ज्वालाले आफ्नो संगठनमा आबद्ध कर्मचारी तथा सदस्यहरुका लागी स्थापीत कोषबाट हालसम्म ११ जना मृगौला पिडितलाई सहयोग गरीसकेको र यो अभियान निरन्तर जारी रहने उल्लेख गर्नुभयो । साथै उहाँले सवारी दुर्घट्नामा लागी हरेक समयमा चालकको मात्र गल्ती नहुने भन्दै कतिपय अवस्थामा सडकको अवस्थाका कारण पनि दुर्घट्ना हुने कुरा औल्याउनुभयो ।

 

दुर्घट्ना न्यनिकरणका लागी संगठनले समेत पहल गरीरहेको भन्दै उहाँले दुर्घट्नाग्रस्त क्षेत्र र कारणबारे जील्ला ट्राफिक कार्यालयसँग छलफल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटिका अध्यक्ष बिक्रम खनालको अध्यक्षतामा आयोजीत कार्यक्रममा केन्द्रिय सचिव देवी भट्टराई ,१ नम्बर प्रदेशका अध्यक्ष गौरी लामा लगायतको आतीथ्यता रहेको थियो ।

 

साथै केहि समयअघि भएको सडक दुर्घट्नामा दोषी ठहर भई जेलमा रहेमा संगठनका सदस्य तथा रमेश बिनायक बसका चालक शिवसताक्षीका थर्क बहादुर अधिकारीका छोराछोरी राजीव र रोश्नि अधिकारीलाई पढाई खर्चबापत आर्थीक सहयोग प्रदान गरीएको कमिटिका सचिव धन बहादुर गीरीले जानकार्ी दिनुभयो । यसैबिच, आफुहरुको सुरक्षाका बिषयमा स्थानीय तहले पनि चासो राख्नुपर्ने भन्दै  कार्यक्रममा सहभागी यातायात व्याबसायीहरुले यसतर्फ स्थानीय सरकारले ध्यान नदिएकोप्रति गुनासो गरेका थिए । १ नम्बर प्रदेशका उपाध्यक्ष सन्तोष बान्तवाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी बानीयाले गर्नुभएको थियो ।  

प्रतिकृया दिनुहोस