केन्द्र र प्रदेशबीच लामो समयदेखि कायम दुरी अन्त्य हुन मन्त्रिहरुको अपेक्षा

मंसिर २४ । अन्तरप्रदेश परिषद् बैठकपछि केन्द्र र प्रदेशबीच लामो समयदेखि कायम दुरी अन्त्य हुने अपेक्षा मुख्यमन्त्रहरुले गरेका छन् । प्रदेश सरकार गठनको १० महिनापछि पहिलो पटक काठमाडौंमा जारी परिषद् बैठकपछि अधिकांश समस्याको समाधान हुने र समदुरी कायम हुने अपेक्षा उनीहरुको छ ।

 

कानुनी संरचना, कर्मचारी व्यवस्थापन र साझा अधिकार प्रयोग गर्ने बारे कायम केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको दुरी कम गर्न बैठक फलदायी हुने मुख्यमन्त्रीहरुको बिश्वास छ ।

 

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले केन्द्रले गम्भीर गृहकार्य गरेर बैठक डाकेकाले अधिकांश समस्या समाधान हुने दावी गर्नुभयो । राष्ट्रपतिबाट हिजै कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश समेत जारी भएकाले लामो समयदेखि कायम कर्मचारी अभाव समेत टर्ने राईको बिश्वास छ ।

 

यसैबीच, परिषद् बैठकमा आज थप तीन वटा प्रदेशका मुख्यमन्त्रीहरुले आज आफ्नो धारणा राख्नेछन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र सु्दुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्न बांकी छ ।

 

 

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणी पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले आफ्नो धारणा राख्दै संविधानले दिएको अधिकार समेत प्रयोग गर्न नपाएको गुनासो गर्दै व्यवस्थापनका लागि गम्भीर हुन केन्द्र सरकारलाई आग्रह गर्नुभएको थियो ।

 

 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेपछि सुरु हुने बैठकमा मुख्यमन्त्रीहरुले धारणा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन मन्तव्य दिने कार्यक्रम रहेको प्रदेश एकका मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस