बिर्तामोडमा उज्यालो इडेन गार्डेन बाल क्लब गठन ।

झापा मंसिर  १९ ।बिर्तामोडमा स्थित इडेन गार्डेन इङ्गलिस स्कुलमा आज एक कार्यक्रमका बिच उज्यालो इडेन गार्डेन बाल क्लब गठन गरिएको छ ।स्कुलका प्रिन्सीपल मोहन आचार्य को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा ८ र ९ का छात्रछात्रा सम्मिलित ११ सदस्यिय क्लब गठन गरिएको हो।

 

क्लबको अध्यक्षमा लिजा आचार्य , उपध्यक्षमा राजन सिटौला , सचिवमा श्रेया राई यस्तै सह सचिवमा सिजन थापा ,कोषाध्यक्षमा सुम्निमा लिम्बु र सदस्यहरुमा क्रमश जोनिसा राई ,रत्ना बिश्वास ,आकृति दाहाल ,मौसम पाठक ,आर्यन बराइली ,इक्सा तुम्बापो रहनुभएको छ । बालक्लबको संरक्षक शिक्षकमा शुशिल अधिकारी लाई मनोनित गरिएको छ । यस्तै सल्लाहकार समितिमा स्कुलका प्रिन्सीपल मोहन आचार्य ,शिक्षक बेशब उप्रेती र पत्रकार सरोज पौडेललाइ मनोनित गरिएको छ ।

 

संचारकर्मी चेतन लामिछाने र रोशन लामा उपस्थित कार्यक्रमको सहजिकरण पत्रकार सरोज पौडेलले गर्नुभएको थियो। सोहि क्रममा स्कुलका प्रिन्सीपल मोहन आचार्यले बालक्लब गठन पछि बिद्यार्थीको क्षमतामा बृद्धी हुने बिश्वास व्यक्त गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस