पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति  डोनाल्ड ट्रम्प र मेलानियाले दिवंगत रुपमा  श्रद्धाञ्जली व्यक्त । 

मंसिर १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

बुशको पार्थिव शरीर एयरफोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तिले क्यापिटोलमा पुगेर दिवंगत बुशप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

 

बुश परिवार र ट्रम्पबीच विगतमा चर्को मतभेद थियो । ट्रम्प बुधबार हुने बुशको अन्तिम संस्कारमा समेत सहभागी हुने कार्यक्रम छ ।

 

अमेरिकी पूर्वराष्ट्रपति बुशको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको शवलाई उनकी पत्नी बारबरा समाधिस्थ गरिएको टेक्सासस्थित घरमै समाधिस्थ गरिनेछ । 

प्रतिकृया दिनुहोस