ब्राजिलमा पाठेघर प्रत्यारोपण गरेकी महिलाले जन्माईन स्वास्थ्य बच्चा । 

मंसिर १९ । ब्राजिलमा मेरेको व्यक्तिको पाठेघर प्रत्यारोपण गरेकी महिलाले स्वस्थ बालिकालाई जन्म दिएकी छिन् ।

साओपाउलोमा पाठेघर बिना नै जन्मिएकी महिलाको सन् २०१६ मा पाठेघर प्रत्यारोपण गरिएको थियो । १० घण्टा लगाएर प्रत्यारोपण गरिएको ३२ वर्षकी ति महिलाले उपचारपछि स्वस्थ शिशुलाई जन्म दिएकी बीबीसीले जनाएको छ । 

३९ जना महिलामा पाठेघर प्रत्यारोपण गरेर ११ शिशु जन्मने अनुमान गरिएको थियो । तर अघिल्लो १० वटा प्रत्यारोपण असफल भएको थियो ।

प्रतिकृया दिनुहोस