इन्डोनेसियामा कार्यरत मजदुर माथि आक्रमणमा ,कम्तीमा ३१जनाकौ मृत्यु ।

१९ मंसिर । इन्डोनेसियाको एक परियोजनामा कार्यरत मजदुरमाथि विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा ३१ कामदारको मृत्यु भएको छ ।पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो .
सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

 

पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा उनीहरुको मृत्यु भएको हो ।

 

नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् ।

प्रतिकृया दिनुहोस