निर्मला पन्तको न्यायका लागि मैनबत्ती र्याली प्रर्दशन ।

झापा,मंसिर १९ । बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी निर्मला पन्तको पक्षमा सरकारसंग न्यायको माग राख्दै झापाको भद्रपुरमा मैनबत्ती र्याली प्रर्दशन गरिएको छ ।बल बस्र्टस युवा क्लव भद्रपुरले मंगलबार साँझ आयोजना गरेको र्यालीमा सहभागि युवायुवतीहरुले निर्मला पन्तको तस्वीरसहित मैनबत्ती हातमा लिएर प्रर्दशन गरेका हुन् ।

 

भद्रपुर ५ स्थित मोहपाल धर्मलाशा अगाडिबाट सुरु भएको र्याली भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिका कार्यालयको गेट अगाडि आएर कोणसभा परिणत भएको थियो । सहभागिहरुको हातमा रहेका निर्मला पन्तको तस्वीर नगरपालिकाको गेटमा टाँस्दै कोणसभा सम्पन्न गरेको थियो ।

 


क्लवका अध्यक्ष जीतु शर्माको अध्यक्षतामा भएको कोणसभामा बोल्र्दै भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष राधा कार्की लगायतले निर्मला पन्तको हत्यारालाई कानुन बमोजिम कारवाही गरी उनका परिवारलाई उचित न्याय दिलाउन सरकार समक्ष जोडदार माग गरेका थिए । यता नगरपालिकाको गेटमा टाँसिएको निर्मला पन्तको तस्वीर प्रहरीले हटाइदिएको छ ।

 

प्रतिकृया दिनुहोस