क्यान्सर पिडित राजबंशिलाई जि. एम व्याचुलर्स ग्रुप द्धारा आर्थीक सहयोग ।

मंसिर १८ । झापा बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयमा रहेको जि. एम व्याचुलर्स ग्रुपले मेचीनगर १० निवासी क्यान्सर पिडित काली प्रसाद राजबंशिलाई आर्थीक सहयोग गरेको छ । आज क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पिडितलाई उपचार खर्च स्वरुप ३२ हजार ३ सय ५२ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

 

 

फोक्सो क्यान्सरपिडित राजबंशिको हाल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । रांजवंशिको उपचारमा ९ लाख बढी खर्च भईसकेको र थप सहयोग होस् भनी सहयोग गरीएको ग्रुपका संयोजक बिश्वकिरण राजबंशिले जानकारी दिनुभयो ।

 

बिर्तामोडका मनकामना , देबी मा.वी. र एमीटि कलेजका बिद्यार्थीहरुबाट सहयोग संकलन गरीएको रकम आफन्त गौतम राजबंशिलाई हस्तान्तरण गरीएको संयोजक राजबंशिले बताउनुभयो । 

प्रतिकृया दिनुहोस