निर्मला पन्तले न्याय नपाए कडा आन्दोलन गर्ने, नेबिसंघको चेतवानी । 

मंसिर १८ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग गर्दै आज काठमाडौंको भृकुटीमण्डपमा धर्ना दिएको छ ।

 

रत्नराज्य क्याम्पस अगाडि नेपाल विद्यार्थी संघको अगुवाईमा भेला भएका विद्यार्थीले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोष्टरसमेत टाँसेका थिए ।

 

विद्यार्थीहरुले बिजुलीका पोल, पर्खाल र सवारी साधनमा समेत निर्मला पन्त अंकित पोस्टर टाँसेका छन् । निर्मला पन्तको हत्या भएको लामो समय बित्दासमेत सरकारले पीडितलाई न्याय नदिएको भन्दै नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध नारावाजीसमेत गरे ।

 

निर्मला पन्तले न्याय नपाए कडा आन्दोलन गर्ने नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस