सिङ्गिङ् आईकनको टप २० को अडिसन शुरु । 

मंसिर १७ । झापाको बिर्तामोड १ स्थित मनकामना स्कुलमा सञ्चालीत सिङ्गिङ् आईकनको टप २० को अडिसन शुरु भएको छ । गत असारबाट शुरु भएको आईकनमा ३  सय ४३ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । ५ वटा राउण्ड पुरा गरी टप २० मा छनौट हुनेले ट्रयाकमा गित गाउन थालेका छन् ।

 

 

 

बिद्यार्थीहरुको आनतरीक कला उजागर गर्न आयोजीत आईकनको फाईनल राउण्ड माघ २० गते समापन हुने बिद्यालयका प्रधानाध्यापक केशव ढुङगानाले जानकारी दिनुभयो ।

 

अडिसनको निर्णायक मण्डलमा शिक्षक बिश्वकिरण राजबंशि, लोकेन्द्र थपलिया र अभिनय झा रहनुभएको छ । बिजेताले सोहि स्कुलमा १ बर्ष निशुल्क शिक्षा , पोशाक , शैक्षिक सामाग्री तथा उपहारहरु प्राप्त गर्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस