राप्रापाले पनि गर्यो सरकार विरुद्ध यति ठुलो निर्णय, बालुवाटारमा हल्लीखल्ली

मंंसिर १६ । पछिल्लो समय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तानाशाही प्रवृति देखाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आन्दोलनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

 

आइतबार बिहान राप्रपा अध्यक्ष कमल थापाले काठमाडौँ क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिसँगको भेटमा सरकार सरकारलाई तह लगाउन आन्दोलनको बाहेकको विकल्प नरहेको वताउनुभएको छ ।

 

अध्यक्ष थापाले सरकार असफल हुँदै गएको भन्दै चरणवद्ध शसक्त आन्दोलनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हा । उहाले भन्नुभयोे, सरकार असफलता तर्फ लागिसकेकोले जनताको चाहना र भावनालाई कदर गर्न नसकेको हो।

 

निर्मला पन्त प्रकरणमा सिङ्गो राज्य संयन्त्र असफल भएको अध्यक्ष थापाको दाबी थियो। सस्तो प्रचारबाजीमा लागेर सरकारले जनविश्वास गुमाएको उहाको भनाई छ।

 

त्यस्तै यसअघि नै प्रमुख विपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले राजासँग नआत्तिएको कांग्रेसलाई केपी ओलीसँग डराउनुपर्ने आवश्यक्ता नरहेको वताउनु भएको थियो । 

प्रतिकृया दिनुहोस