सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु ,४२ जना घाइते ।

मंसिर १६ । सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । लेकबेशी नगरपालिकाकी जानकी दर्लामी र देउमाया बनकाटेको बस दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ४२ जना घाइते भएका छन् । 

 

 ९ जना गम्भीर घाइते छन् । पिकनिक खाएर फर्कँदै गरेको भे १ ख ८४९ नम्बरको बस कपासे नजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारको  लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस