पर्यटनको विकास गर्न सके बुद्धशान्ति संवृद्ध बन्छ

झापा,मंसिर १४ ।  तीन तहको राज्य संरचना तय भएपछि कुन स्थानीय निकायमा कस्तो संम्भावना छ ? भनेर त्यसको खोजी गरी संम्भावनालाई यथार्थमा बदलेर संवृद्धशाली स्थानीय निकायमा परिणत गर्न विभिन्न स्थानीय तहका जनप्रतिनिधि कम्मर कसेर लागेका छन् । १५ स्थानीय तह रहेको झापाका सबै स्थानीय निकायको खास–खास विशेषता रहेका छन् ।

 

 

वातावरण, भौगोलिक वनावटले गर्दा झापाको बुद्धशान्ति गाउँपालिका अरु स्थानीय निकाय भन्दा तिव्रतर विकास हासिल गर्नेमा पहिलो नम्बरआउँन सक्छ । भौगोलिक वनावटले यस स्थानीय निकायको विकास गर्न धेरै सम्भावनाहरु छरपस्ट छन् । तीनिहरुको पहिचान गर्न सके छोटो समयमा बुद्धशान्तिमा कायापलट हुन्छ । कृषि, वन, पशुपालनबाट ठूलो फाइदा लिन सकिने यस गाउँपालिकामा ‘पर्यटन’ आर्थिक संवृद्धिको कोशेढुंगा बन्ने आधारहरु छन् । बुद्धशान्तिमा धार्मिक पर्यटकीय क्षेत्र देखि लिएर धेरै पर्यटक लोभ्याउने ठाउँहरु छन् । पर्यटक लोभ्याउन भौगोलिक हिसाबले पनि सहज देखिन्छ । स्थानीय निकायले मास्टर प्लान ल्याएर सोही अनुरुप कार्य गर्न सके विभिन्न ठाउँमा पर्यटकको घुँईचो लाग्ने आधारहरु छन् ।

 

 

बुद्धशान्तिको बुधबारेक्षेत्रमा जगद्गुरु जन्मस्थल, देवदेवालय, शहीदका नाममा शहीद वाटिका, वन क्षेत्रमा पार्क बनाउन सक्ने आधारहरु छन् ।शान्तिनगरक्षेत्रमा चिया वगान, भ्यूटावर, झोलुङेपुल, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुले संम्भावना देखाइरहेका छन् । शान्तिनगरमा बन्जि जम्प, केवलकारको संभाव्यता अध्ययनले पनि अवसर रहेको दर्शाएको छ ।

 

 

करिब ४०० बर्ष पुरनो ठुटेवरको इतिहासलाई प्रचार गर्न सके त्यो एउटा लोभ्याउने ठाउँ बन्न सक्छ पर्यटकहरुका लागि । बुद्धशान्ति गाँउपालिका वडा नं. ६ मा अवस्थित पर्यटन क्षेत्रको पूर्ण सम्भावना बोकेको ठुटेवरमा मंसिर ४ गते देखि ८ गते सम्म ५ दिने मेला लागेको थियो । प्रत्येक वर्ष कात्र्तिक शुक्ल पूर्णिमामा लाग्ने यो मेला यसवर्ष पनि सभ्यता अनि भव्यताका साथ सम्पन्न भएको ठुटेवर मेला समितिका अध्यक्ष चित्रबहादुर राईले बताए । अपेक्षा गरे भन्दा बढि संख्यामा आगन्तुकहरुको उपस्थिती रहेको र पाँचैदिन उत्साहप्रद भएको अध्यक्ष राईले बताए । यो कुराले पनि पर्यटक बाक्लै गरी आउने प्रष्ट पारेको छ ।

 

 

त्यस ठाँउमा रहेको वरमा कात्र्तिक शूक्ल पूर्णीमाका दिन अनौँठो आवाज आएको र त्यहाँ पूजापाठ गरि मेला लगाए पछि शान्तभएको र त्यसपछि बर्षेनी मेला लाग्दैआएको मान्यता छ । करिब ४०० बर्ष अघि सखुवाको ठुटामा लावर जातको वरका रुख रहेको जसले करिव १ बिगाह क्षेत्रफल ओगटेको थियो त्यसैले यसको नाम ठुटेवर रहन गएको बताँउछन् ठुटेबर संरक्षण समितिका सचिव सोमनाथ पौडेल ।

 

 

हुने हार दैव नटार भनेझै वि.स. २०६४ साल भदौ २१ गते प्राकृतिक नियम पुरा गरेर ठुटेवर ढल्यो । त्यसपछि पनि सानो रुपमा मेलाले निरन्तरता पायो । अमलाको ठुटामा उमे्रको त्यहि जातको बिरुवा विं.स. २०६८ साल भदौ २१ गते रोपियो र पुःन ठुटेवर रह्यो । तेस्रो पुस्ताको बिरुवाभएको मान्यताले यसलाई स्थानियले नाति वर पनि भन्ने गरेका छन् ।

 

 

ठुटेवरको नयाँ जीवनसँगै मेलाले भव्यता पाएको छ । एकदिन मात्र लाग्ने मेला गत बर्ष देखि ५ दिन सम्म लाग्ने गरेको छ । पहिलेको ठुटेवर, जरा हाँगा नरहेपनि ठुटेवरले दिने सन्देश ठुटेवरको उचाई भन्दा पनि माथि रहेर स्थानीयबासीहरुमा जिवन्त रहिरहेको छ । यस्तो महत्व रहेको क्षेत्रमा पर्यटक लोभ्याउने अरु थप आधार खडा गर्न सके यस क्षेत्रका विकासमा ठूलो टेवा पुग्ने थियो ।

सकियो मेला

गत मंसिर ४ गते मंगलबारदेखि ८ गते शनिबारसम्म लागेको ऐतिहासिक ठुटेबर मेला भव्य रुपमा सम्पन्न भएको छ । ठुटेबर र आसपासमा रहेको ऐतिहासिक महत्वका धरोहर, स्थानीय क्षेत्रमा उत्पादित कृषि जन्य सामाग्री, संस्कृति लगायतलाई विश्वभर चिनाउने उद्देश्यले आयोजना गरिएको मेलामा यसपाली करिब ५० हजार मानिसले अवलोकन गरेको मेला आयोजक समितिले जनाएको छ ।

 

मेला अवधिमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । खेलकुद कार्यक्रम अन्तर्गत ५ किलोमिटर म्याराथुन दौडमा दिप राई प्रथम, सुनिल तामाङ्ग दोस्रो, फूर्वा तामाङ्ग तेस्रो र उदयचन्द्र घिमिरे सान्तवना भएका थिए ।

 

 

त्यस्तै, छेलो हान्नेमा जंगबहादुर दियाली प्रथम, विक्रम शिवा दोस्रो र कुमार तिवारी तेस्रो भएका थिए । त्यस्तै, लठारो तान्नेमा मानबहादुर एसकेको टोली प्रथम भएको छ भने पत्रकार विष्णु लामिछानेको टोलीले दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै, हण्डि फुटाउने खेलमा कन्चनजंगा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी पहिलो भए ।

 

 

विमान अपहरण खेलमा उषा परियार पहिलो भइन् । अन्तर क्लव साँस्कृतिक नृत्य प्रतियोगितामा सगरमाथा बाल क्लव पहिलो भयो । त्यस्तै सनराईज अग्रेजी विद्यालय पहिलो भयो । मेलामा वृहत साहित्यिक कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा झापा सहित विभिन्न जिल्लाका कवि तथा कवियत्रीहरुले आ–आप्mना रचना वाचन गरेका थिए । मेलामा विभिन्न मनोरन्जनात्मक खेलहरु पनि थिए, जस्ले गर्दा मेलाको रौनक बढेको थियो ।

प्रतिकृया दिनुहोस