प्रधानन्यायधिवक्ता जेफ सेसनलाइपदमुक्त

कार्तिक २२ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायधिवक्ता जेफ सेसनलाई बर्खास्त गरेका छन् । बुधबार उनले ट्वीट गर्दै प्रधानन्यायधिवक्ता जेफ सेसनलाइपदमुक्त गरिएको जानकारी गराएका हुन् ।

‘हामी महान्यायधिवक्ता जेफ सेसनलाई उहाँको कामको लागि धन्यवाद दिन्छौं र उसको प्रगतिको कामना गछौं’, ट्रम्पले ट्वीटमा भनेका छन् । राष्ट्रपतिको चुनावको बेला ट्रम्प क्याम्पेनमा रुसको संलग्नताबारेको छानबिनको विषयलाई लिएर ट्रम्पले सेसनलाई बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ । ट्रम्पले प्रधानन्यायधिवक्ताको जिम्मा म्याथ्यु वाइटेकरलाई दिएका छन् ।

 

Donald J. Trump@realDonaldTrump

 · 10h

We are pleased to announce that Matthew G. Whitaker, Chief of Staff to Attorney General Jeff Sessions at the Department of Justice, will become our new Acting Attorney General of the United States. He will serve our Country well....

Donald J. Trump@realDonaldTrump

....We thank Attorney General Jeff Sessions for his service, and wish him well! A permanent replacement will be nominated at a later date.

1:29 AM - Nov 8, 2018

Twitter Ads info and privacy

वाइट हाउसका अनुसार ट्रम्प प्रशासनका प्रमुख जोन केलीले बुधबार ट्रम्पले मध्यावधि चुनावबारे पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभन्दा अगाडि सेसनलाई जागिरबाट फिर्ता बोलाएका थिए । ट्रम्पको विजयीमा रुसको संलग्नताको विषयमा सेसनकाे अनुसन्धानको विषयलाई लिएर सेसनको जागिर खोसिएको हो । 

प्रतिकृया दिनुहोस