इलामको  एकतप्पामा  अध्यक्षकप खुल्ला नकाउट फुटबल प्रतियोगिता सम्पन्न । 

कार्तिक २१ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पामा सम्पन्न अध्यक्षकप खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि इभाङ एफसि माङसेबुङ गाउँपालिकाले चुमेको छ ।

 

सिंहदेवी मावि एकतप्पाको खेलमैदानमा सम्पन्न प्रतियोगितामा इभाङका तर्फबाट खेलको १२ आंै मिनेटमा अभिषेक पोखरेलले गोल गर्दै टीमलाई विजयी बनाएका हुन् । यो गोलनै खेलको निर्णायक बन्यो ।

 

निक्कै सनसनी पूर्ण मानिएको खेलमा बरभञ्ज्याङ एफसि देउमाइ नगरपालिका (देनपा) ले धेरै मौका पाएतापनि गोल गर्न नसक्दा उपाधि चुम्न सकेन् । त्यस्तै खेलका उदियमान खेलाडी एकतप्पा ११ का मनिष लिम्वू घोषित भए । प्रतियोगितामा २२ टीमको सहभागिता रहेको थियो ।

 

प्रतियोगिताका विजेताले नगद दुई लाख, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद एक लाख मेडल, ट्रफी र प्रमाण पत्र पाएका छन् । विजेता तथा उपविजेतालाई खेलका प्रमुख अतिथि धिरेन्द्र शर्मा रमणले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो । 

प्रतिकृया दिनुहोस