झापामा एक कैदीबन्दीको मृत्यु ।

भद्रपुर,कार्तिक २० । भद्रपुरस्थित झापा कारागारमा एक कैदीबन्दी मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ निवासी केशव प्रसाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुवै मृगौला फेरिएको प्रसाई विगत केही महिनादेखि बिरामी थिए ।

 

सिकिस्त भएपछि उनलाई मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । लागू औषध मुद्दामा झापा जिल्ला अदालतले १२ बर्ष कैद सजाय सुनाएका प्रसाई २०७३ असोज १० गतेदेखि झापा कारागारमा जेल जिवन बिताइरहेका थिए । 

प्रतिकृया दिनुहोस