गोर्खा फाउण्डेशनको उद्घाट्न । 

कार्तिक  २० ।  झापाको विर्तामोडमा सामाजीक कार्य गर्ने उद्धेश्यले स्थापीत संस्था गोर्खा फाउण्डेशनको सोमबार एक कार्यक्रमका बिच उद्घाट्न गरीएको छ । संस्थाका संस्थापक बिरु दर्नाल गत बर्ष डेंगु रोगबाट ग्रसीत भएर उपचारपश्चात सिलगडीबाट घर फर्कएको मितिको अवसर पारेर आज फाउण्डेसनको उद्घाट्न गरीएको हो ।

 

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले उद्घाट्न गरेको कार्यक्रममा दर्नालको उपचारमा सहयोग गर्ने रगतदाता तथा संस्थाहरुलाई लाई सम्मान समेत गरीएको थियो । व्यवसाय संगै समाज सेवा गर्ने लक्ष्यका साथ फाउण्डेशनको स्थापना गरीएको संस्थापक दर्नालले बताउनुभयो ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी लगायतले शुभकामना राख्नुभएको कार्यक्रमको सञ्चालन स्वस्तीका आचार्यले गर्नुभएको थियो 

प्रतिकृया दिनुहोस