यमपञ्चकको पहिलो दिन सोमबार कागतिहार मनाउदै। मंगलबार कुकुर तिहारको तयारी गर्दै ।

कार्तिक १९ । नेपाल र भारतबाट प्रकाशित पञ्चांगहरूले सोमबार ुयमपञ्चकु सुरु भएको बताएका छन्। यमपञ्चकको पहिलो दिन सोमबार कागतिहार र मंगलबार कुकुरतिहार उल्लेख गरिएको छ। 

 

तिहार पौराणिक पर्व भए पनि कागतिहार र कुकुरतिहार मनाउने चलन एक शताब्दीभन्दा केही दशक मात्र पुरानो भएको पुराणकी ज्ञाता, वाल्मीकि विद्यापीठकी सहप्राध्यापक प्रियंवदा काफ्ले बताउँछिन्। ‘धर्मशास्त्र सम्बन्धित कुनै पनि ग्रन्थमा यमपञ्चक शब्द परेको भेटिँदैन’, उनी भन्छिन्, ‘पछि कसरी जोडिन आइपुग्यो अनुसन्धानको विषय हो।’ उनका अनुसार पहिले पहिले चतुर्दशी औँसी र प्रतिपदालाई मात्र तिहार भनिन्थ्यो। पुराणहरूमा कार्तिक कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदासम्मका तीन रात्रिलाई ‘बलिराज्यत्रिरात्र’ भनिएबाट पनि हुन्छ। 

 

‘त्रिरात्र अपभ्रंश हुँदै तिहार भएको हो’, उनी भन्छिन्, ‘विशेषगरी कृषिसँग गाँसिएको पर्व भएकाले चतुर्दशीका दिन शुरु गरी औँसीमा लक्ष्मीपूजा र चतुर्दशीका दिन गोवर्धनलगायत कृषिसँग गाँसिएका वस्तुको पूजा गरी मनाउने विधान पुराणमा छ।’ उनका अनुसार भ्रातृद्वितीया अर्थात् भाइटीका छुट्टै पर्व हो, जसमा यमराज र उनकी बहिनी यमुनाको प्रसंग जोडिएको छ।

 

 वि।सं।१९५० को दशकबाट मात्र काग र कुकुरको पूजा गर्न थालिएको उनी बताउँछिन्। ‘१९४१ मा पहिलोपटक छापिएको पात्रोमा काग र कुकुरतिहारबारे उल्लेख छैन’, उनी भन्छिन्, त्यसैले यी दुई पछि तिहारमा मिसाइएका हुन्।ु

 

 नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा।रामचन्द्र गौतम पनि सनातन परम्पराअनुसार मानिसले प्रतिदिन आफूले खानुअघि देवता पितृलाई चढाइसकेपछि काग र कुकुरलाई पनि खान दिन परम्परा रहेको बताउँछन्। 

 


ुपौराणिक मान्यताअनुसार काग र कुकुरलाई प्रत्येक दिन घरमा पाकेका खानेकुरा ख्वाउनुपर्छु,उनी भन्छन्, ुयसलाई काकबलि र श्वानबलि भनिन्छ।ु नेपालजस्तो कृषिप्रधान देशमा काग र कुकुरको विशेष महत्त्व छ। 

 

 

राम्रा नराम्रा खबरको संकेत गर्ने र खेतबारीमा लाग्ने किटाणु खाइदिएर गुन लगाउँछ कागले। घर, मानिस र घरपालुवा पशुको सुरक्षा गर्न कुकुरले महत्त्वपूर्ण भूमिका खेल्छ। 

 

यस्ता गुनिला पशुपक्षीको पूजा गरिएकोमा आपत्ति मान्नुपर्ने कारण त छैन तर प्रत्येक दिन खान दिने परम्परा बिर्सेर वर्षको एक दिन देखावटी गर्न थालिएकोमा संस्कृतिविदहरू चिन्ता व्यक्त गर्छन्।

 


 काग र कुकुरको पूजा गर्ने विधि नभए पनि कार्तिक कृष्ण त्रयोदशीका दिन साँझमा घरको ढोकाबाहिर यमदीपदान गर्ने र चतुर्दशीका दिन बिहान अँधरैमा स्नान गरी चारसरा बत्ती नदीमा बगाउने विधान पुराणमा पाइने काफ्ले बताउँछिन्। यसलाई नरके चतुर्दशी भनिने उनको भनाइ छ। चतुर्दशीदेखि तीनसम्म घरआँगन, बाटो र नदीलगायतमा फूलको तोरण टाँगेर दीपावली गर्ने, जुवाआदि खेलेर रमाइलो गर्ने विधान भने पुराणमा पाइन्छ।

 

 देउसी खेल्ने, भैलो गाउने जस्ता संस्कृति पनि शास्त्रसम्मत छ। काफ्लेका अनुसार धर्मशास्त्रका सारका रूपमा आएका निर्णयसिन्धुमा यी पाँच दिन विभिन्न प्रतीकको पूजा गर्नुपर्ने बताइएको छ। देव, ब्राह्मण, गाई घोडा र स्त्रीलगायको पूजा गर्ने विधान बताइएको काफ्ले बताउँछिन्।
 

प्रतिकृया दिनुहोस