चलचित्र दैलोको च्यारेटि शो  बिर्तामोडमा  सम्पन्न । 

कार्तिक १८ । बशुद्ध सामाजीक कथा बस्तुमा आधारीत चलचित्र दैलोको च्यारीटि शो आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । आगामी कार्तिक ३० गतेबाट देशभर एकैसाथ रीलीज हुने तयारीमा रहेको चलचित्रले शिक्षक र बिद्यार्थी बिचको आत्मीय सम्बन्ध , अभिभावकको त्याग र समर्पणलाई मुख्य बिषय बस्तु बनाएको छ ।

 

झापा नेत्रहिन संघको सहयोगार्थ आगन एफएमले आयोजना गरेको उक्त च्यारीटि सो पहिलो पटक बितामोडमा प्रस्तुत गरीएको हो । झापाका बिभिन्न स्थानमा छायांङकन गरीएको चलचित्रमा झापाली कलाकारहरुकै अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस