गिनिजबुकमा नाम दर्ता गराउन सफल मोटरसाइकल बिर्तामोडमा  ।

बिर्तामोड, कार्तिक १८ । नेपालका लागि आधिकारिक विक्रेता एसएलआर ट्रेड एण्ड टेक्नो प्रालिले पूर्वमा मोटरजेड कम्पनीको मोटरसाइकल लन्च गरेको छ । झापाको बिर्तामोड–५ स्थित महानन्दचोकमा पूर्वका लागि आधिकारिक बिक्रेता टु–स्टार टे«डले मोटरजेड मोटरसाइकल सार्वजनिक गरेको हो । टे«डले पत्रकार भेटघाटका क्रममा सो मोटरसाइकल लन्च गरेको हो ।

 

युवावर्गलाई लक्षित गरी पूर्वमा लन्च गरिएको मोटरसाइकल १५० देखि २५० सीसीसम्मको इन्जिन क्षमता भएको बिर्तामोडमा उपलब्ध हुने ट्रेडका सञ्चालक कर्मसेन गोम्देनले बताए । ३ लाख देखि ४ लाख ३५ हजारसम्म मूल्य पर्ने उक्त वाइक ३५ हजार ५ सय ११ किलोमिटर गुडाएर गिनिजबुकमा नाम दर्ता गराउन सफल भएको अर्का सञ्चालक सुरज सापकोटाले जानकारी दिए ।

 

एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको शोरुममा सर्भिस र स्पेयरपार्टस् समेत सहज रुपमा उपलब्ध गराइने सञ्चालक गोम्देनले बताए । आइतवार बिर्तामोडमा लन्च गरिएको सो मोटरसाइकल ३ वटा एकैदिनमा बिक्री भएको जनाइएको छ । मोटरसाइकलको पहिलो खरिदकर्ता बिर्तामोड–३ का  इन्द्रबहादुर बुढाथोकी भएको सञ्चालक गोम्देनले बताए । सो मोटरसाइकल ३५ किलोमिटर माइलेज दिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस