रेलसँग ठोकियो चरा ,रेललाई भने केहि छिन सञ्चान ल्याउन कठिनाई ।

कार्तिक १७ ।  द इन्डियन एक्सप्रेसका अनुसार शुक्रबार तमिलनाडुको तिरुचि क्षेत्रमा कोयम्बटूर–मइलादुतुरई जनशताब्दी एक्सप्रेससँग एउटा चरा ठोक्कियो । त्यहीँबाट नै रेलको इन्जिनमा बिजुली आपूर्ति हुन्थ्यो । रेलसँग ठोक्किएपछि चरा त्यहीँ अड्कियो र रेलको इन्जिनमा आपूर्ति भैरहेको बिजुली प्रभावित भयो । बिजुली आपूर्ति एक्कासि रोकिएपछि रेल रोकियो । 

 

घटनापछि मुथरासनल्लू स्टेशनका अधिकारीहरुले उच्च अधिकारीहरुलाई घटनाको बारेमा सुनाए । त्यसपछि केही समयका लागि सम्पूर्ण विद्युत आपूर्ति बन्द गरियो । रेलको इन्जिन, बिजुलीको लाइनलगायतका सम्पूर्ण चिजहरु चेक गरेपछि झण्डै डेढ घण्टापछि मात्रै रेल सञ्चालनमा आयो ।  चरा ठोक्किए पनि रेल र यात्रुहरुलाई केही असर नपुगेको अधिकारीहरुले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस