बिर्तामोडमा सकरात्मक सोच निर्माण सम्बन्धी एक दिने अन्तरक्रिया  कार्यक्रम सम्पन्न ।  

बिर्तामोड  कार्तिक १६ । झापाको बिर्तामोडमा सकरात्मक सोच निर्माण सम्बन्धी एक दिने अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ ।
 फेमिली पिस एसोसीएसनको आयोजनामा अन्तरक्रियामा  एसोसीएसनका प्रमुख डा. किसोर कुमार राजभन्डारी तथा डा. होम बहादर बस्नेतले गर्नुभएको थियो 

 

 ब्यक्तिमा कसरि सकरात्मक सोचको वीकास गर्ने र असल नागरीक कसरी बन्ने भन्ने विसयमा सहजकर्ताले विचार राख्नु भएको थिया । यस्तै सहजकर्ता गंगा वनले हरेक मानिस समाजको एउटा अंग भएकाले खुशी हुनु पर्ने तथा समाज रुपान्तरणमा जिम्मेवार बन्नु पर्ने  विचार राख्नु भएको थियो।

 

उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रम का संयोजक  जिवन पनेरुले सुन्दर समाज निर्माण गर्न हरेक परिवार र युवा सकारात्मक बन्न आवस्यकता लाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

 

देश ब्यापी रुपमा संचालन गरिएको कार्यक्रम अन्तरगत २८० औं कार्यक्रम झापामा गरियको थियो।कार्यक्रममा ५० जना विभिन्न क्षेत्रमा आवद्ध ब्यक्ति हरुको उपस्थिति रहेको थियो।
 

प्रतिकृया दिनुहोस