प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ । 

कार्तिक १६  । छातीमा संक्रमण भएपछि उपचारका लागि काठमाडौंको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएका छन् ।

 

प्रधानमन्त्री ओली पूर्ण रुपमा निको भएकाले जति सक्दो चाँडो डिस्चार्ज हुने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य पहिलेकै अवस्थामा आएकाले चिकित्सकको सल्लाहपछि डिस्चार्ज गरिने अस्पतालका डाक्टर उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । आज बिहान गरिएको परिक्षणका रिपोर्टहरु सामान्य देखिएका छन् ।

 

अस्पतालबाट डिस्चार्जपछि पनि उनलाई एक हप्तासम्म चिकित्सकको निगरानीमा राखिने छ । छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओली गत सोमबार अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको उपचारमा डाक्टर अरुण सायमी, डाक्टर दिब्या सिंह र डाक्टर सन्तकुमार दास संलग्न रहँदै आएका छन् ।

प्रतिकृया दिनुहोस