दोस्रो मिसेस नेपाल यूके २०१८’ को ताज बिनु लामिछाने

कार्तिक ०८ ।  लन्डन फेशन हाउसले आयोजना गरेको ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को ताज बिनु लामिछानेले पहिरिएकी छन् । विनुले पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । लन्डनको ह्यारोे स्थित ह्यारो फुटबल क्लब आयोजित भब्य समारोहमा बेलायतका विभिन्न स्थान र पेशामा आवद्ध १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रतियोगी नम्बर १३ कि विनुले ताज पहिरिएकी हुन् ।

 

नेपाल नुवाकोटकी विनुले तामाङ जातिको पहिरनमार्फत दर्शकहरुको मन खिचेकी थिइन । डेन्टल नर्सिङकी विद्यार्थी उनले नृत्य, समाजसेवा र महिला शसक्तिकरणको क्षेत्रमा काम गर्ने इच्छा ब्यक्त गरेकी थिइन । प्रतिस्पर्धाबाट प्रथम रनर अपको उपाधि बन्दना केसीले जितिन भने सबु सेन्चुरी र सबिना श्रेष्ठ सेकेन्ड रनरअपको उपाधि चुमे ।

 

प्रथम मिसेस नेपाल यूके २०१७ की विजेता आस्था जोशीले संयोजन गरेको प्रतिस्पर्धामा कुशल श्रेष्ठ, डा.रजनी रिजाल, सितु खरेल, रोजिना प्रधान राई, स्वेता हुसेन निर्णायक थिए । फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्जलगायतका टाइटल राखिएको प्रतियोगितामा बेलायतस्थित नेपाली दूतावासका उप प्रमुख शरदराज आरन, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीलगायत सयौंको सहभागिता थियो ।

 

समारोहमा विभिन्न नृत्य तथा गीत पनि प्रश्तुत गरिएको थियो । समारोहमा विनुलाई नेपाल पत्रकार महासंघ, युकेका महासचिब संजय भक्त कंडेल र एनआरएनए युकेका उप महासचिब विनय अधिकारीले पब्लीक च्वाइसको ताज पनि पहिरिदिएका थिए । 

 

त्यस्तै, ब्यूटी फर चेन्ज टाइटलको उपाधि सुनिता श्रेष्ठले जितिन । उनलाई  रेनु बाँनिया र पुनम गुरुङले सम्मान प्रदान गरे । बेष्ट सेफ टाइटलको उपाधि सबु सेन्चुरीले जितिन । उनलाई मन्जु शाह र विनोद बरालले सम्मान प्रदान गरेका थिए । समारोहमा फोटो जेनिक टाइटल विजेता रिना कंडेललाई युद्ध पुन र दिपिका श्रेष्ठ सम्मान प्रदान गरे । त्यस्तै अन्य विभिन्न टाइटलका विजेताहरुलाई पनि अवार्ड वितरण गरियो । 

प्रतिकृया दिनुहोस